काठमाडौ ४ फागुन । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले फागुन ८ देखि १० गतेसम्म बस्नेगरी बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए ।बैठकमा पछिल्ला समसायिमक विषयको समीक्षा, संगठनात्मक समीक्षा, जनतामा आधारित पार्टी निर्माणको सन्दर्भमा कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे छलफल हुने उनले बताए । बैठकमा मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको समीक्षा हुने बताए ।आजको बैठकले केही विभागहरुको मनोनयन गरेको पनि उनले बताए ।
16 February 2024 13:57 PM










प्रतिक्रिया दिनुहोस्