राजनीति

श्रम समितिका सभापतिमा टुहुरे



काठमाडौँ, ३० असार । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापतिमा नेकपा माओवादी केन्द्र बाट प्रतिनिधित्व गर्ने जुठबहादुर खड्गी जेबी टुहुरे निर्वाचित भएका छन ।

समितिको आजको बैठकमा उनलाई निर्वाचन गर्न नेपाली काँग्रेसका । भरतबहादुर खड्काले प्रस्ताव तथा माओवादी केन्द्रका गणेशमान पुनले समर्थन जनाएका थिय ।

सभापतिको उम्मेदवारीमा टुहुरेको एक मात्र उम्मेदवारी परेकाले ज्येष्ठताका आधारमा समितिको सभापतित्व गरेका प्रेमकिशोर साह तेलीले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरे । समितिका तत्कालीन सभापति प्रभु साह शहरी विकासमन्त्री भएपछि सो पद रिक्त भएको हो ।