काठमाडौँ, १० फागुन । धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको भासुभिर सडक खण्डमा विस्फोट हुँदा चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार साँझ सडक मर्मतसम्भार हुँदै गर्दा विस्फोट हुँदा एस्काभेटरका चालक डडेलधुराको आलिताल गाउँपालिकाका २४ वर्षीय विकास थापा, कैलालीको चुरे गाउँपालिकाका ४५ वर्षीय वसन्त खड्का, सुर्खेत घर भई कञ्चनपुर बस्दै आएका रोलर अपरेटर २२ वर्षीय हीरा थापा र विराटनगर घर भई कञ्चनपुर बस्दै आएका ३५ वर्षीय नवीन देव घाइते भएका छन् ।
एक्स्काभेटरबाट सडक फराकिलो बनाउने काम भइरहँदा अचानक विस्फोट भएको हो । घटनालगत्तै फलटुँडेबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो । चारैजनाको अनुहार र आँखामा चोट लागेको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विस्फोटबारे अनुसन्धान गर्न अत्तरियाबाट नेपाली सेनाको टोली घटनास्थल पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्