Banner News

संविधान संशोधनपछि २ नम्बर प्रदेशको निर्वाचन : उपप्रधानमन्त्री महरा



तुलसीपुर दाङ, ३१ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र २ नम्बर प्रदेशको निर्वाचन गरिने बताए ।

आज बिहान प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताए ।

संविधान संशोधन गर्नका लागि नेकपा एमाले ले पनि साथ दिनुपर्ने उहाँको भनाइ छ । उनले सबै दललाई सहमतिमा ल्याएर मात्र चुनाव गराउनको लागि यसअघि सरकारले दुई नम्बर प्रदेशको चुनावको मिति सारेको स्पष्ट पारे ।
उपप्रधानमन्त्री महरा आज राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको भवन शिलान्यास कार्यक्रममा सहभागी हुन दाङमा आइपुगेकाहुन।