सम्पादकीय

मेलम्चीको पानी वितरणसँगै उपत्यकामा जताततै फायर हाइड्रेन्टु



काठमाडौं, १ साउन । आगलागीले पुर्याउन सक्ने सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि काठमाडौं उपत्यकाका २ सय भन्दा बढी स्थानमा फायर हाइड्रेन्टु निर्माण गरिने भएको छ ।

मेलम्चीको पानी वितरण गर्ने क्रममा उपत्यकामा विस्तार भइरहेको पाइपलाइनकै संरचनामा आगलागी नियन्त्रणका लागि सघाउ पुर्याउने संरचना निर्माणको तयारी गरिएको हो ।

फायर हाइड्रेन्टु मुख्यतया दमकलले आवश्यकताअनुसार जुनसुकै बेला पानी भर्न र आगलागी नियन्त्रण गर्न प्रयोग गर्न मिल्ने विशेष संरचना हो । नेपाल समाचारपत्रमा समाचार छ ।