Banner News

दोस्रो चरणको निर्वाचनले मन्त्रिमण्डल विस्तारमा ढिलाइ : नेता निधि



काठमाडौँ, १ साउन । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको बताए।

काठमाडौँको सतुङ्गलमा रहेको बागेश्वरी अस्पतालको दशौँ वार्षिकोत्सवको उद्घाटन गर्दै नेता निधिले दोस्रो चरणको निर्वाचनले मन्त्रिमण्डल विस्तारमा ढिलाइ भए पनि अब एक÷दुई दिनमै मन्त्रिमण्डल विस्तार हुने बताए ।

नेता निधिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बैंककबाट फर्किएलगत्तै मन्त्रिमण्डल विस्तार हुने उल्लेख गरे ।

पूर्व उपप्रधानमन्त्री निधिले तोकिएकै समयमा सबै तहको निर्वाचन हुने भन्दै एक वर्ष संसद्को म्याद थप्ने हल्ला निराधार भएको बताए । निर्वाचन क्षेत्र निर्धारण आयोग चाँडो गठन गर्ने र सोही आयोगले दिएको प्रतिवेदनका आधारमा मङ्सिर मसान्तभित्र प्रदेश र सङ्घीय संसद्को निर्वाचन हुने उनको भनाइ थियो ।

नागार्जुन नगरपालिकाका प्रमुख घनश्याम गिरीले जनतालाई स्वास्थ्य सेवा दिएर बागेश्वरी अस्पतालले समाज सेवामा ठूलो योगदान पु¥याएको बताए । उनले अस्पताललाई आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको उल्लेख गरे ।