समाचार

नेपाल प्रहरीले थाल्यो साइबर अपराध सचेतना अभियान



काठमाडौँ, ३० फागुन । नेपाल प्रहरीले भोजपुरबाट साइबर अपराधसम्बन्धी सचेतना अभियानको शुभारम्भ गरेको छ ।

अभियानको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले शुभारम्भ गरे । केन्द्रीय प्रहरी प्रवक्ता ढकालले सामाजिक सञ्जाल सचेत भइ प्रयोग नगर्दा साइबर अपराधका घटना बढेको भन्दै प्रविधिको सही उपयोग गर्न आग्रह गर्ने उद्देश्यले भोजपुरदेखि अभियान शुभारम्भ गरिएको बताए ।

अभियानअन्तर्गत आगामी तीन महिनासम्म विद्यार्थी, नागरिक, शिक्षकलाई सामाजिक सञ्जालको दुरुपयोगबाट हुनेसक्ने साइबर अपराधबारे जानकारी र सचेतना गराइने छ ।