राजनीति

बझाङमा एमालेको दमनबहादुर भण्डारी



काठमाडौ, ११ चैत । नेकपा एमालेले वैशाख १५ गते हुने उपनिर्वाचनमा बझाङ निर्वाचन क्षेत्र नम्बर १ कमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले एमाले बझाङ जिल्ला अध्यक्ष समेत रहेका भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत ५ असारमा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

त्यसरी नै एमालेले इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।