समाचार

२३ जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन 



काठमाडौँ, १३ चैत । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले गैरहाजिर प्रहरी कर्मचारीलाई हाजिर हुन आउन निर्देशन दिएको छ । 

आफूखुसी गैरहाजिर रहेका र खोजतलास गर्दा समेत नआएका प्रहरीलाई सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालय नक्सालले २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।