राजनीति

कर्णालीको मुख्यमन्त्री माओवादीले नै लिनुपर्छ : जनार्दन शर्मा



काठमाडौँ, १४ चैत । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादीले नै राख्नुपर्ने बताएका छन्।

आज बिहान बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा उपमहासचिव शर्माले कर्णालीमा पहिलेदेखिनै माओवादीले मुख्यमन्त्री लिइरहेको र जनाधार पनि बलियो भएकाले पार्टीकै मुख्यमन्त्री हुनुपर्ने बताएका थिए ।

जवाफमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसबारेमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग छलफल भइहरेको र अझै निष्कर्षमा पुगिनसकेको बताएका थिए ।

पदाधिकारी बैठकअघि बालुवाटारमा सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधामन्त्री प्रचण्डबीच छलफल भएको थियो ।

कर्णालीमा माओवादी केन्द्र दोस्रो ठूलो दल हो । त्यहाँ अहिले माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री छन् ।