काठमाडौँ, १६ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाको मिटरब्याजलगायत ऋण मिनाहा गर्ने तयारी भइरहेको बताएकी छन् ।
आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वडास्तरबाट विपन्न महिलाको पहिचान गरी उनीहरूको मिटरब्याजलगायत ऋण मिनाहा हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउन लागेको बताइन् ।
पछाडि परेका महिलालाई अघि बढाउन पनि आफूले मन्त्रालयको तर्फबाट उक्त कार्यक्रम ल्याउन लागेको मन्त्री चौधरीको भनाइ छ । मन्त्री चौधरीले महिला सशक्तिकरणका लागि बजेट बढाउन सम्बन्धित मन्त्रालयहरुबीच छलफल भइरहेको बताइन् । प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ सकारात्मक रहेको मन्त्री चौधरीको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्