रौतहट, १७ चैत । रौतहट स्थित जिल्लाको पश्चिमी भेगबाट लागूऔषध गाँजासहित साधुको भेषमा रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार चन्दन टिका लगाएर साधुको भेषमा रहेका फतुवाबिजयपुर नगरपालिका ११ भैसही टोलका ६३ वर्षीय दयालाल पैसवानलाई साढे १७ किलो ग्राम लागूऔषध गाँजा सहित शुक्रवार पक्राउ गरिएको हो ।
प्रहरीले पैसवानको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको १७ किलो ५०० ग्राम लागु औषध गाँजा बरामद गरेको छ ।
पैसवानलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरमा राखी लागु औषध सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्