Banner News

इलाममा पार्टी सभापति रविले गरे लिम्बुको उम्मेदवारी घोषणा



काठमाण्डौ,१७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ मा हुने उपचुनावका लागि उम्मेदवार तय गर्दै चुनावी अभियान सुरु गरेको छ । उपप्रधानमन्त्री तथा पार्टी सभापति रवि लामिछानेले शनिबार इलाममा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उम्मेदवार मिलन लिम्बूलाई चुनाव चिह्न घण्टी हस्तान्तरण गरे । सो अवसरमा उपसभापति सुवर्णिम वाग्ले,डा तोसिमा कार्की , युवा तथा खेलकुदमन्त्री तथा पार्टी नेता विराजभक्त श्रेष्ठ ल गायतका पार्टीका नेताहरुको पनि उपस्थित थियो । ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि रिक्त भएको सो क्षेत्रमा आगामी १५ वैशाखमा उपचुनाव हुँदैछ । त्यसका लागि यही २२ चैतमा उम्मेदवारी दर्ताको कार्यतालिका छ ।

एमालेले पनि सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएर मैदानमा उतारिसकेको छ । यस्तै नेकपा एसले जितबहादुर राईलाई उम्मेदवार बनाएको छ ।
पहिचान पक्षधर दलहरूले पनि आफ्ना उम्मेदवार उठाएका छन् भने राप्रपा र जनमतले पनि उम्मेदवार तय गरिसकेको छ । तर, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने उम्मेदवार तय गरिसकेका छैनन् ।