काठमाडौ २३ चैत । ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले लिग चरणको अन्तिम खेलमा हार ब्यहोरेको छ । शुक्रबार खेलिएको लिग चरणको अन्तिम खेलमा बरोडा क्लबले नेपाललाई ३७ रनले हराएको हो ।
टस जिती पहिले ब्याटिङको निणर्य लिएको बरोडाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १८।५ ओभरमा अलआउट हुनुअघि एक सय १९ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि सन्दीप जोरावाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । सन्दीप जोराले अर्धशतकीय पाली खेले । उनले ४३ बलमा ५६ रन बनाए । विवेक यादबले टोलीको खातामा १७ रन थपेका थिए । ओपनर कुशल भुर्तेल पनि १६ रन बनाउँदै आउट भएका थिए । प्रतिस जिसी ६ रनमा आउट भए भने दीपेन्द्रसिंह ऐरी पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । यो खेलमा दीपेन्द्रले कप्तानको भूमिका निर्वाह गरेका थिए ।
ओपनर अनिल साह र गुलसन झा एक९एक रन बनाउँदै आउट भए । करण केसीले भने खाता पनि खोल्न सकेनन् । कुशल मल्ल पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । अन्तिम विकेटका रुपमा आकाश चन्द दुई रन बनाउँदै आउट भए । ललित राजवंशी एक रनमा अविजित रहे ।
त्यसअघि बरोडका लागि शास्वत रावतले ३१ र ध्रुव पटेलले २९ रन बनाएका थिए । अमित पासीले २६ रन बटुलेका थिए । बरोडाको खातामा मोहित मोंगियाले पनि २२ रन थपेका थिए । बरोडाले अतिरिक्त रुपमा पनि १० रन पाएको थियो । नेपाली बलर गुलसन झा र करण केसीले दुई९दुई विकेट लिए । आकाश चन्द, ललित राजवंशी र प्रतिस जिसी पनि एक९एक विकेट हात पारेका थिए ।
नेपाली टोली यसअघि नै लिग चरणमा लगातार तीन खेल जित्दै फाइनलमा पुगिसकेको थियो । नेपाली टोलीले लिग चरणको आफ्नो पहिलो खेलमा गुजरातलाई आठ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले बरोडालाई २७ रनले पराजित गरेको थियो । लिग चरणको आफ्नो तेस्रो खेलमा नेपालले गुजरातलाई आठ रनले हराएको थियो ।
नेपाली टोलीले अब आइतबार हुने शसंखलाको फाइनल खेलमा गुजरातको सामना गर्नेछ । यसअघि लगातार तीन खेलमा पराजित भएको बरोडा भने लिग चरणको अन्तिम खेलअगावै उपाधि होडबाट बाहिरिइसकेको थियो । नेपालले निकट भविष्यमा ओमानमा आयोजना हुने एसीसी प्रिमियर कप र त्यसपछि अमेरिका र वेस्ट इन्डियमा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा भारतीय क्लबसँग त्रिकोणात्मक शृंखला खेलेको हो ।
एसीसी प्रिमियर कपको दोस्रो संस्करण अप्रिल १२ देखि २१ तारिखसम्म आयोजना हुँदैछ । एसीसी प्रिमियर कपमा सहभागी हुन नेपाली टोली भारतबाटै ओमान प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नेपाल एसीसी प्रिमियर कपको साविक विजेता पनि हो ।
एसीसी प्रिमियर कपको पहिलो संस्करण एक वर्षअघि नेपालमै आयोजना भएको थियो । उक्त संस्करणको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स ९यूएई० लाई सात विकेटले हराएको थियो । आईसीसीको एसोसिएट्स सदस्य राष्ट्रका लागि प्रिमियर कप निकै महत्वपूणर् प्रतियोगिता हो ।
भारत भ्रमण र त्यसपछि एसीसी प्रिमियर कपका लागि घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल कप्तान आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, बिवेक यादब, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा र आकश चन्द छन् ।










प्रतिक्रिया दिनुहोस्