जाजरकोट, ६ साउन । समयमै काम सम्पन्न नगर्दा आव २०७३ । ७४ मा ४ करोड ९२ लाख ७२ हजार ७ सय ४९ रुपैयाँ फ्रिज भएको छ उपभोक्ताले काम नगरिदिने गरेका कारण जिल्लाको ठूलो विकास बजेट फ्रिज हुन पुगेको हो ।
झोलुंगे पुल र सडक योजनाको धेरै रकम फ्रिज भएको जाजरकोटका स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले बताए । उहाँले झोलुंगे पुलमा १ करोड ४८ लाख फ्रिज भएको बताए ।
कृषि सडकमा ७४ लाख ३० हजार, आर्थिक केन्द्र जोड्ने सडकमा २० लाख ३६ हजार, सडक पुलमा ५ लाख तथा साना सिंचाइमा ७० लाख रकम फ्रिज भएको छ । समाचारपत्रमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्