समाचार

बाघको आक्रमणबाट एक बालिका घाइते



भक्तपुर, ९ वैशाख । भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन् ।

प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामाघरमा पढ्न बसेकी १४ बर्सिया चयन बस्नेतलाई बाघले आक्रमण गरेको हो । 

घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जानेक्रममा झाडीबाट अचानक निस्किएको बाघले उनीमाथि आक्रमण गरेको थियो । उनी सख्त घाइते अवस्थामा भेटिएकी थिइन् । उनलाई उपचारका लागि टेकु अस्पताल पुर्‍याइएको भक्तपुर प्रहरीले जनाएको छ ।