Banner News

एमालेले आज ‘हीरक महोत्सव’ मनाउँदै



काठमाडौँ, १० वैशाख । नेकपा (एमाले)ले आज सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना दिवसको अवसरमा ‘हीरक महोत्सव’ मनाउँदै छ ।

एमालेले नेकपा स्थापना दिवसको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा हीरक महोत्सवको विशेष समारोह आयोजना गरेको हो ।

समारोहमा अस्वस्थ रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुने बताइएको छ । अध्यक्ष ओली अस्वस्थ हुनुभएपछि हिजो आइतबार पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को समापन बैठकमा सहभागी हुनभएको थिएन । अध्यक्ष ओली रुघाखोकीका कारण अस्वस्थ हुनुभएको थियो । उहाँ घरमै आराम गरिरहनुभएको छ ।

आज पार्टीको हीरक महोत्सवमा भने अध्यक्ष ओली उपस्थित हुनुहुने र उहाँले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको एमालेले जनाएको छ ।