सम्पादकीय

देशभर ५४ प्रतिशत रोपाइँ



काठमाडौँ, ७ साउन । साउनको करिब पहिलो सातासम्म नेपालको धान उत्पादन हुने कुल क्षेत्रफलको ५३ दशमलव ८५ प्रतिशत हेक्टरमा रोपाइँ सकिएको छ ।

१५ लाख ५२ हजार चार सय ६९ हेक्टरमध्ये आठ लाख ३५ हजार नौ सय ९७ हेक्टर जमिनमा रोपाइँ सकिएको कृषि मन्त्रालय अन्तर्गतको कृषि प्रसार निर्देशनालयले जनाएको छ ।

यसमध्ये पूर्वाञ्चलमा ३९ दशमलव ६२ प्रतिशत, मध्यमाञ्चलमा ३८ दशमलव ३७ प्रतिशत, पश्चिमाञ्चलमा ७० दशमलव ३३ प्रतिशत, मध्यपश्चिमाञ्चल, ५९ दशमलव ७१ प्रतिशत, सदूरपश्चिमाञ्चलमा ९३ दशमलव २३ प्रतिशत धान रोपाइँ भएको छ ।

सबैभन्दा बढी धानको खेती हुने तराई क्षेत्रमा ४३ दशमलव १५ प्रतिशत रोपाइँ मात्र भएको छ । १० लाख ९४ हजार ६३६ हेक्टरमध्ये पाँच लाख २७ हजार ८८ हेक्टरमा मात्र रोपाइँ भएको छ । गोरखापत्रमा समाचार छ ।