शैक्षिक

पहिराका कारण अवरुद्ध सडक सञ्चालनमा



 

चितवन, ७ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेमा आज बिहान खसेको पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ

बिहान ४ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पहिरो दुवैतर्फबाट पन्छाइएपछि बिहान ७ः२५ देखि सडक सञ्चालनमा आएको हो । सो सडकमा राति आवागमन रोकिँदै आएको छ ।

नारायणगढतर्फबाट बिहान ४ बजे र मुग्लिनतर्फबाट बिहान ५ बजे सवारी छाडिने भए पनि पहिरो खसेपछि ती सवारी रोकिएका थिए । पहिरो पन्छाइएसँगै सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । सडकको स्तरोन्नतिका क्रममा भित्तो काटिएका ठाउँमा पटक पटक पहिरो खसेपछि राजधानी प्रवेशको सो मुख्य मार्ग हुँदै आवतजावत गर्ने यात्रुले दुःख पाउँदै आएका छन्