Banner News

अध्यक्ष ओली तिब्बत प्रस्थान



केपी ओली, अध्यक्ष, एमाले

काठमाडौँ, ७ साउन । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली साताव्यापी भ्रमणका लागि आज चीनको तिब्बततर्फ प्रस्थान गरेकाछन ।

अध्यक्ष ओली धार्मिक तथा पर्यटकीयस्थल कैलास मानसरोबरको भ्रमण र तिब्बत स्वशासित क्षेत्रको स्थानीय तहको अध्ययनका लागि त्यसतर्फ जानुभएको हो । उनले त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि अनौपचारिक भेटवार्ता गर्नुहुने केन्द्रीय सदस्य हिक्मत कार्कीले जनाए ।

यसैबीच अध्यक्ष ओलीको अनुपस्थितिमा उपाध्यक्ष बामदेव गौतमलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।