Banner News

निर्वाचन अगाडि संविधान संशोधन हुनसक्दैनः पूर्व प्रम खनाल



म्याग्दी, ७ साउन । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले निर्वाचन अगाडि संविधान संशोधन हुननसक्ने बताए।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले म्याग्दीले आज बेनीमा आयोजना गरेको प्रवचन कार्यक्रममा उनले यस्तो बताए ।
नयाँ संविधानपूर्ण नरहेको बताउँदै उहाँले स्थानीय, प्रदेश र राष्ट्रिय गरी तिनै चरणका निर्वाचन सम्पन्न भएपछि मात्रै संविधानलाई मुलुकको आवश्यकताअनुसार परिमार्जन गर्दै लैजानुपर्ने धारणा राखे ।
स्वर्गीय पुष्पलालले अंगिकार गरेको नीतिले नेपालमा राणाशासनको अन्त्य गर्न सम्भव भएको बताउँदै नेता खनालले नेपालको कम्युनिष्ट, देशभक्त र लोकतान्त्रिक आन्दोलनमा उनको योगदान महत्वपूर्ण रहेको चर्चा गरे ।