Banner News

देशकै नमूना बन्दै कृषि प्राविधिक शिक्षालय



म्याग्दी, ८ साउन । म्याग्दीको दुर्गम विममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालय कृषि शिक्षाका लागि देशकै नमूना प्राविधिक शिक्षालयका रुपमा चिनिन थालेको छ ।

विसं २०६९ बाट सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी सञ्चालन हुँदै आएको सो शिक्षालयमा सुर्खेत, जुम्ला, हुम्ला, मुगु, चितवन, कास्की, बागलुङलगायत देशका १८ जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आएका छन् ।

शिक्षालयमा १८ महिने जेटिए र तीन वर्षे आइएससी ९एजी० तहको पढाइ सञ्चालन भएको छ । मासिक रु पाँच हजारमा आवासीय सुविधासहित पठनपाठन हुने प्राविधिक शिक्षालयका प्रमुख एवं किसानी माविका प्रधानाध्यापक जंगबहादुर गर्बुजाले बताए ।

स्थानीय स्रोतको भरमा तीनजना शिक्षकलाई तलब खुवाएर शिक्षालय सञ्चालन गरिएको छ । स्थानीय चन्दादाता र वैदेशिक रोजगारीमा रहेका विमवासीको सहयोगमा शिक्षालय सञ्चालन भइरहेको शिक्षालयका प्रमुख गर्बुजाले बताए ।

विद्यार्थीलाई प्रयोगात्मक विधिद्वारा शिक्षण गराइँदै आएको र ‘देशको समृद्धि व्यावसायिक कृषि’ भन्ने मूल उद्देश्यका साथ कृषि प्राविधिक शिक्षालय सञ्चालन गरिएको छ ।

हुम्लाबाट अध्ययनका लागि विममा आएका किशोर बुढाले यहाँको शिक्षण विधि, प्रयोगात्मक शैली, वातावरण, ग्रामीण परिवेश र सुविधा सबै उत्कृष्ट र विद्यार्थी अनुकूल रहेको बताए ।

शिक्षालयले एक शैक्षिकसत्रका लागि जेटिएतर्फ ४० र आइएससी ९एजी०तर्फ ४० गरी ८० जना विद्यार्थीलाई भर्ना लिने गरेको छ ।

हालसम्म जेटिएतर्फबाट १६० जनशक्ति उत्पादन भई सबै सरकारी तथा गैरसरकारी संस्थामा रोजगार भइसकेको प्रधानाध्यापक गर्बुजाले बताए ।