सम्पादकीय

बंगाल सरकारको निसानामा सञ्चारमाध्यम, नेपाली च्यानल बन्द



काठमाडौं, ९ साउन । छुट्टै गोर्खाल्यान्ड राज्य माग गर्दै भारतको दार्जिलिङ, मिरिक, खस्र्याङसहितका क्षेत्रमा जारी आन्दोलन क्रममा पछिल्लो समय निजी सञ्चारमाध्यम बंगाल सरकारको निसानामा पर्न थालेका छन् ।

बंगाल सरकारले सुरक्षाकर्मी पठाएर नेपाली भाषामा प्रसारण हुने एक मात्र सेटलाइट टेलिभिजन ‘अल भारत नेपली (एबीएन) च्यानल’ बन्द गराएको छ । गोर्खाल्यान्ड आन्दोलनका समाचारलाई प्राथमिकताका साथ प्रसारण गरिरहेका एबीएनलाई सिबिआई र प्रहरीको टोलीले ‘सिल’ गरेको मिरिकका पत्रकार मनोहर शर्माले जानकारी दिए ।

गार्खाल्यान्ड माग गर्दै जारी आमहडताल शनिबार ३८ दिन पूरा गर्दा निकै प्रभावशाली ठानिएको एबिएन च्यानल बन्द गरेपछि आन्दोलनरत दलले त्यसको कडा शब्दमा बिरोध गरेका छन्  । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।