मनोरञ्जन

हुने भयो ‘मिष्टर एण्ड मिस काठमाडौ’



काठमाडौं, ९ साउन । एक्सपोज नेपालले आयोजना गर्दै आएको सौदर्य प्रतियोगीता ‘मिष्टर एण्ड मिस काठमाडौ’ले यसबर्ष पनि निरन्तरता पाउने भएको छ ।

आयोजक एक्सपोजले दुबै प्रतियोगीताका लागी एकसाथ आवेदन खुल्ला गरेको छ । प्रतियोगीता मध्य ‘मिष्टर काठमाडौ’मा १६ देखि २९ वर्षसम्म उमेरका युवक र ‘मिस काठमाडौंमा १६ बर्षदेखि २८ बर्षसम्मका युवतीले सहभागीता जनाउन सक्नेछन् ।

युवायुवतीको प्रतिभा निखार्दै जिम्बेवार नागरिक बन्न प्रोत्साहित गर्ने उदेश्यले नियमित रुपमा प्रतियोगीता आयोजना हुँदै आएको एक्पोज नेपालका अध्यक्ष दिनेश शाहीले बताए । विभिन्न चरणमा आयोजना हुने अडिसनबाट छानिएका प्रतियोगीले अन्तिम स्पर्धा गर्न पाउनेछन् ।

जसका लागि स्वमिङ, फुटबल, रक क्लाइसम्बङग, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गु्रमिङग, मेकअप, ड्रेसवेयर जस्ता विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण दिने आयोजकले जनाएको छ ।‘