शैक्षिक

तीनै तहको निर्वाचन तोकिएको समयभित्रै हुन्छः मन्त्री पाण्डे



गोरखा, २२ माघ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले तोकिएको समयमा नै तीनै तहको निर्वाचन सम्पन्न गर्न सरकार जुटेको बताएका छन ।

नेकपा माओवादी केन्द्र हंसपुर गाउँ पार्टीको तस्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्रीले भने — “संविधान कार्यान्वयनका लागि भएपनि तोकिएकै समयमा निर्वाचन गराउने दायित्वलाई सरकारले पुरा गर्नेछ ।”

मन्त्री पाण्डेले सरकारले आउँदो जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने तयारीमा जुटेको बताउँदै निर्वाचन सम्बन्धी विधेयक व्यवस्थापिका संसदले पारित गरिसकेको छ, अब छिट्टै निर्वाचनको घोषणा हुन्छ ।

संविधानको सर्वस्वीकार्यता बढाउन सरकारले व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक दर्ता गरिसकेको बताउँदै उहाँले संविधान संशोधन विधेयक परिमार्जन गरेर भए पनि पास गर्न सकिनेछ वताए।
देशभरका गाविस सचिवको जायज मागलाई सम्बोधन गर्न सरकारले पहल सुरु गरिसकेको बताउँदै मन्त्री पाण्डेले गाविस सचिवहरुले तत्काल आन्दोलन फिर्ता लिई काममा नफर्किए कारबाही गर्ने चेतावनी दिए।

मन्त्री पाण्डेले सङ्घीयता कार्यान्वयनको विकल्प नभएको बताउँदै संविधानको अनुसूचीमा लेखिएअनुसार अहिले सिंहदरबारबाट हुँदै आएको काम स्थानीयतहबाट हुने बताए ।