काठमाडौँ, ११ जेठ । ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित धादिङ गंगा जमुना गाउँपालिका–६ घर भएकी ३२ वर्षीया सरस्वती गुरुङको गुरुङसेनी गेष्ट हाउसबाट ७ जनालाई पक्राउ गरेको हो ।
होटल सचालिका गुरुङसहित ७ जनालाई ४७ हजार ४५० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्