काठमाडौं, १० साउन । प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सर्वेन्द्र खनाललाई महानगरीय ट्राफिक महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
प्रहरी प्रधान कार्यालयले मंगलबारदेखि नै कार्यभार सम्हाल्नेगरी खनाललाई ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारीमा पठाएको हो । महाशाखा सम्हाल्दै आएका डीआईजी मिङमार लामालाई भने केन्द्रीय ट्राफिक प्रहरी निर्देशनालयमा तानिएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखामा रहेर अपराध अनुसन्धानमा तहल्का मच्चाएका खनाल त्यहाँबाट सरुवा भएर हेडक्वार्टरमा बस्दै प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका थिए । खनाल भर्खरै पहिलो नम्बरमा डीआईजीमा बढुवाका लागि सिफारिस भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्