मनोरञ्जन

भक्तपुरमा गुँला पर्व सुरु



भक्तपुर, ११ साउन । भक्तपुरमा गुँला पर्व सुरु भएको छ । परापूर्वकालदेखि भक्तपुरका शाक्य, बज्राचार्य, मानन्धर लगायतका समुदायले गुंलाथ्व पारुदेखि ञलाथ्व पारु अर्थात् साउन ९ देखि भदौ ६ गतेसम्म एक महिना विभिन्न धार्मिक कार्य गरी यो पर्व मनाउने गरिन्छ ।

गुँला पर्व बुद्ध धर्मावलम्बी नेवारहरुको मात्र नभएर सम्पूर्ण नेपालीको ऐतिहासिक पर्व भएको बताउँदै गुँला ङकधलं व्यवस्थापन समितिका अध्यक्ष जितलाल मानन्धरले एकमहिने गुँला पर्वमा उपत्यकालगायत आसपासका चैत्य र विहारका साथै बौद्ध एवं हिन्दू धार्मिक तीर्थस्थलको परिक्रमा गरी मनाउने बताए ।

यो पर्वमा प्रत्येक दिन नौ बाजा बजाएर चैत्य तथा मन्दिर परिक्रममा गरिने बताउँदै
उनले एक महिनासम्म पर्वमा सहभागी रहने व्रतालुले नून नखाई एक छाक मात्र खाने र पर्व अवधिभर बिहान–बेलुका पूजाअर्चना गर्ने प्रचलन छ ।