पोखरा, १२ साउन । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा एम्बुलेन्स सेवा नहुँदा बिरामीेले सास्ती खेप्नु परेको छ । उपचारका लापग आउने र रिफर हुने बिरामी बढी रकम तिरेर निजी संस्थाका एम्बुलेन्स प्रयोग गर्न बाध्य छन् । पा्खरामा विभिन्न संघसंस्थानले एम्बुलेन्स सेवा सञ्चालन गरे पनि तत्काल भने समयमा उपलब्ध हुन मुस्किल छ । अस्पतालमा गण्डकी र धौलागिरि अञ्चलबाट रिफर बिरामी आउँछन् ।
अस्पतालले रिफर र डिस्चार्ज भएका बिरामीको जोखिम कम गर्न सुविधायुक्त एम्बुलेन्स राख्नुपर्ने बिरामीका आफन्तहरुको सुझाव छ । ‘यति ठूलो अस्पतालको आफ्नै एम्बुलेन्स नभएकाले बिरामीलाई ट्याक्सीमा कोचेर लानुपर्यो ।
, पोखरा लेखनाथ महानगरपालिका–५ का होमबहादुर रानाले भने, ‘हाइ ब्लड प्रेसरको व्यवस्थाले च्यापेकाले आत्तिएर स्याँस्याँ भएको बिरामीलाई एम्बुलेन्समा सुताएर अक्सिजन लगाएर लान पाएको भए सजिलो हुन्थ्यो भर्ना नपाउर ट्याक्सीमा लाँदा झन् आत्तिएर ब्रेन ह्यामरेज हभएर पयारालाइसिस भयो ।’ नयाँपत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्