समाचार

आजको मौसम



काठमाडौँ, १४ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको थोरै स्थानहरू साथै  कोशी, बागमती र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरूमा र  बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको थोरै स्थानहरू र बाँकी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

त्यस्तै आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ ।  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू साथै बाँकी प्रदेशका  केही स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  थोरै स्थानहरूमा भारी वर्षाको साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको छ ।