Banner News

प्रदेश नं २ मा एमाले पहिलो हुने अध्यक्षहरुको दाबीः ८जिल्लामा ६०–६५ प्रतिशत जित्ने



यस अघि६ वटा प्रदेशमा भएको स्थानीय चुनावमा पहिलो भएको एमाले प्रदेश २ का ८ जिल्लामा पनि पहिलो हुने प्रक्षेपण गर्दै चुनावमा होमिएको छ । पार्टीका केन्द्रीय पदाधिकारीलाई त्यहीं रहनेगरी कार्यविभाजनसमेत गरिसकेको एमालेले आठवटै जिल्लामा उम्मेदवार तय गरी प्रचार सुरु गरिसकेको छ । स्थानीय तहको तेस्रो चरणको चुनावका सन्दर्भमा प्रदेश २ का ८ जिल्लाका एमालेका अध्यक्षहरुसंग गरेको कुराकानीको आधारमा तयार
पारिएको सामाग्रीको संक्षिप्त अंश ।

१३ स्थानीय तह मध्ये १० वटा जित्छौं
कमलराज यादव, अध्यक्ष रौतहट

एमाले जनताप्रतिको विश्वास र भरोसामा चुनावमा जाने हो । जनताले एमालेमाथि विश्वास र भरोसा गरेका छन् भन्ने प्रमाण पहिलो र दोस्रो चरणको चुनाव पनि हो । तराई मधेसका जनतालाई बारबार भ्रम बाँडियो– एमाले मधेस विरोधी पार्टी हो । तर, तथ्यहरुले त्यसलाई खण्डित गरे । भ्रमले एक महिना, दुई महिना, एक वर्ष दुई वर्ष काम गर्न सक्ला । तर, भ्रम त टुटिहाल्छ । मधेसका लागि केही गर्ने पार्टी छ भने एमाले नै हो भन्ने यहाँका जनताले महसुस गरेका छन् । त्यसैले हिजो एमालेलाई बढार्छौं भन्नेहरु पनि एमालेसँग मिल्नु पर्छ भन्ने ठाउँमा आइपुगेका छन् ।

रौतहटमा तीन नगरपालिका र १० गाँउपालिका छन् । यसमध्ये तीनवटा गाँउ पालिकामा तीब्र प्रतिस्पर्धा हुन्छ, बाँकीमा हामी सजिलै जित्छौं । अहिले हामी केही भन्दैनौं । एमाले तराईमा छैन भन्नेलाई जनताले नै जवाफ दिन्छन् । अरुका नारा मात्र हुन्, हामी काम गर्ने र यहाँको जीवनमा परिवर्तन ल्याउने पक्ष हौं । त्यसैले जनताको दुखमा हेर्ने पार्टी एमाले हो भन्ने कुरा जनताले बुझेका छन् । यहाँ भोकमरी लाग्दा बाढीले बगाउँदा को आउँछ रु दलित र महिला बिधवा भनेर हेपिंदा को आउँछ रु एमाले होइन रु एमालेले नजितेर यहाँ कसले जित्छ रु

महोत्तरीका ६०–६५ प्रतिशत स्थानीय तह एमालेले जित्छ
जामुन मण्डल, संयोजक महोत्तरी

महोत्तरीमा ३ नगरापालिका, १२ गाउँपालिका छन् । त्यसमध्ये एमालेले ६० प्रतिशत स्थानमा जित्छ । यहाँ एमालेले चुनाव जित्ने आधार एमालेले गरेको जनमुखी काम हो ।

हाम्रो पार्टीको अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा यहाँ एकीकृत सिंचाई आयोजनाको कार्यक्रम आयो । त्यसले यहाँका हरेक किसानको मन छोएको छ । जनाको तटबन्ध भन्नुस् या सदरमुकाम सहरलाई सुन्दर बनाउन आएको ५० करोड भन्नुस्, त्यसका लागि एमाले चाहियो । यहाँका सडक फराकिलो बनाउन बजेट आयो, जसले कृषि उत्पादनलाई बजारसँग जोड्न सहयोग पर्याउँदैछ । यो सबै गर्ने एमाले हो ।

मधेस हाम्रो आधार क्षेत्र हो भन्ने तर, मधेसमा भएका उद्योग कलकारखानालाई निजीकरण गरेर बन्द गराइदिने कांग्रेसलाई अव यहाँका जनताले चिनिसकेका छन् । जनताले त आफ्नो भोगाईबाटै बुझ्छन्, कसैले प्रचार गर्नै पर्दैन । मधेस र पहाडलाई कसले फुटाउन खोजेको छ, फुटाएर कसलाई फाइदा हुन्छ, कसलाई नोक्सान हुन्छ, त्यो पनि जनताले जानेका छन् । त्यसैले जनतालाई फाइदा नपुग्ने अमूर्त जातका नाराले यहाँ आकर्षित गर्दैन । यहाँका जनताले एमाले पार्टीलाई चुन्छ ।

सिराहामा दुईतिहाई जित्ने प्रक्षेपण छ
प्रमोदकुमार यादव सिराहा, अध्यक्ष

सिराहा एमालेको प्रभाव क्षेत्र हो । पहिलेको स्थानीय चुनावमा पनि यहाँ एमालेले नै जितेको हो । अव हुने चुनावमा पनि एमालेले नै जित्छ । यहाँ ७ नगरपालिका र १० गाउँपालिका छन् ।

एमालेले राष्ट्रियताको कुरा उठाउँदा मान्छेले त्यसलाई पहाडी समुदायको कुरा गरेको भनेर प्रचार गरे । तर, राष्ट्रियताको रक्षा सबैभन्दा बढी मधेसी जनतासँग गाँसिएको छ । राष्ट्रियता कमजोर हुँदा दुख पाउने सबैभन्दा बढी मधेसी जनता नै हुन् । भारतीय पक्षबाट कोही बढी पीडित छन् भने मधेसमा बस्ने जनता पीडित छन् । त्यसैले अले उल्टो प्रचार गरे पनि एमालेको राजनीतिक मुद्दासँग यहाँका जनताको गहिरो सम्बन्ध छ ।

धेरैजसो स्थानीय तहमा हाम्रा उम्मेदवार तय भइसकेका छन् । हामी उम्मेदवार लिएर गाउँ गाउँ घुम्न समेत थालिसकेका छौं । जनताबीच जाँदा हामीलाई जनताले धन्यवाद दिएका छन् । विधवा र बृद्धभत्ता दिने र उहाँहरुलाई सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने पार्टी एमाले हो । सिंचाईका लागि एमालेको सरकारले गरेका काम यहाँका जनताले बिर्सन सक्दैनन् । अरुले हामी मधेसका हौं भनेर गफ दिए, एमालेले काम गर्यो । मतदाता एमालेको यस कामबाट प्रभावित छन् ।

नारा दिने पार्टी र जनताको लागि काम गरेको पार्टी पनि छुट्याउन नसक्ने छैन अब तराईको जनता । पहिला यस्तो थिएन । जब हरेक पार्टीले अनेक नारा ल्यायो तर काम ल्याएन । अनि एमालेले एकैचोटीमा तराईले सोचे भन्दा बढी बजेट र विकासका काम ल्यायो । सिराहामा एमालेले जित्ने आधार यही हो ।

एमाले मधेस विरोधी भन्ने अस्त्र अव काम लाग्दैन
राजकिशोर यादव, अध्यक्ष धनुषा,

धनुषामा हिजो एमालेले जनता खोजेको थियो । आज जनताले एमाले खोजेको स्थिति छ । एमालेले काम गरेकै कारण वर्षौं वर्ष मधेसको प्रतिनिधत्व गर्दै शासनमा बसेकाहरु आत्तिएका छन् । त्यसैले उनीहरुले एमालेलाई मधेस विरोधी भने । तर, जनताले उनीहरुको कुरा पत्याएका छैनन् ।

हामीले यो चुनावमा घरदैलो कार्यक्रम बनाएका छौं । हाम्रो घरदैलो कार्यक्रममा हामीसँगै सयांै सयांैको संख्यामा जनताले साथ दिएका छन् । जनताका बीचमा स्थापित नभएको थियो भने एमालेको यस्तो लहर आउने नै थिएन । हामीले अरुले जस्तो जनतालाई कर र डरमा हिंडाएका छैनौं । हाम्रो काम हेरेर जनता हिंडेका छन् । उनीहरुले जस्तो त्रासमा मान्छेलाई पछि लगाएका होइनौं ।

बाराका दुईवटै उपमहानगर सहित बहुमत जित्छौं
सुन्दर विश्वकर्मा, बारा अध्यक्ष

बारा तराई मधेसको धेरै स्थानीय तह भएको जिल्ला हो । यहाँ २ उपमहानगर, ४ नगरपालिका र ९ वटा गाउँपालिका छन् । यी सबैजसो स्थानीय तहमा हामी जित्दैछौं । किन जित्दैछौं भने एमालेको नीति र कार्याक्रमले यहाँको जीवनमा परिवर्तन ल्याउँदैछ । एमाले नभएको भए हुलाकी मार्गले बजेट पाउँदैनथ्यो । निजगढ काठमाडौं द्रूतमार्गले बजेट पाउँदैनथ्यो । सीमरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यक्रम आउँदैनथ्यो । त्यसैले विकास रोज्नेले एमाले नै रोज्नु पर्ने अवस्था छ ।
एमालेलाई मधेस विरोधी देखाउन यहाँ ठूलो भ्रम चलाइयो । तर, त्यो भ्रम अव बाँकी छैन । काठमाडौंमा मधेसकी चेलीलाई चुनाव जिताउने एमाले बाहेक कुन पार्टी छ रु एमालेलाई मधेस विरोधी भन्नेहरुले काठमाडौंमा मधेसकी चेलीलाई जनप्रतिनिधि बनाए रु दोस्रो चरणमा चुनाव भएका तराई जिल्लामा हेर्नुस् एमालेका उम्मेदवारहरुले शानदार मत ल्याएर जितेका छन् । तेस्रो चरणको चुनावमा पनि तराई मधेसका अधिकांश स्थानीय तह एमालेले नै जित्छ । बारामा त हामी एमालेलाई दुईतिहाई सिट जिताउँदैछौं । तपाईंहरुले पछिल्लो पटक हेर्दै आउनु भएको होला यहाँ अन्य पार्टीका नेता कार्यकर्ता साथीहरु एमालेको नीति र कामबाट प्रभावित भएर एमाले प्रवेश गरिरहनु भएको छ । भरखरै पनि सिमरगञ्ज नगरपालिका इनरमन राम राजपाका नेता एमालेमा प्रवेश गर्नुभयो ।

 

एमालेका विकास योजना सर्लाहीले अनुमोदन गर्छ
रेवती पन्त, अध्यक्ष सर्लाही
जनताले हामी जनता एक छौं हामीलाई विभाजित नगरिदिनोस् भन्ने गतिलो सन्देश दुई चरणका चुनावले दिइसकेको छ । चाहे पहाडमा होस् वा तराईमा जनताले राष्ट्रिय एकता र समृद्धिको पक्षमा आफ्नो मत जाहेर गरेको देखिएको छ । सर्लाहीका जनताको अभिमत पनि त्यही हो । हामीले जनताको घरदैलो जाने क्रममा यही कुरा पाएका छौं । जनता कतिबेला चुनाव होला र भोट हाल्न जाउँ भनेर बसेका छन् । वितेका वर्षमा जनताका नाममा जति पनि नकारात्मक काम भए जनतालाई नै सिमित नेताहरुको स्वार्थपूर्तिको शिकार बनाइयो, त्यसको हिसावकिताव गरेर जनता बसेका छन् । त्यसैले चुनाव सामना गर्ने सामथ्र्य नभएकाहरुले पटक पटक चुनाव सारे । अब पनि चुनाव सरे जनता सडकमै आउँछन् । सर्लाहीमा जिल्ला समन्वय समिति एकलौटी रुपमा निर्वाचित गर्न सक्नेगरी एमालेले बहुमत ल्याउँछ । त्यसका लागि चुनावसम्म हामी पर्खिरहेका छौं ।

अरु भन्दा फरक पार्टी भएकाले पर्सामा एमालेले जित्छ
प्रभु हजरा पासवान, संयोजक पर्सा
एमाले अरुजस्तै पार्टी भएको भए एमाले विरोधीहरुको आक्रमणबाट सकिन्थ्यो । तर, एमाले विरुद्ध सबै मिलेर भौतिक र राजनीतिक आक्रमण हुँदा पनि एमाले पर्सामा बलियो छ । किन बलियो छ भने जनताको साथ एमालेलाई छ । एमालेले सरकारमा हुँदा गरेका कामले एमालेलाई बचाएको हो । यही कारण एमालेले पर्सामा जित्छ । सामाजिक न्याय, विकास र उन्नती एमालेको मुख्य उद्धेश्य हो । जनताको चाहना पनि त्यही हो । कांग्रेस र अन्य क्षेत्रीय दलहरु आफ्नो स्वार्थका लागि जातीय समुदायलाई भड्काउने काम गरिरहेका छन्, त्यसले क्षति मात्रै भयो । एमाले विकास र सामाजिक न्यायको अभियान चलाएर हिंडेको छ, त्यसले जनतालाई फाइदा भयो । त्यसै कारण पर्सामा एमालेले जित्छ ।

सप्तरीका आधा भन्दा बढी तह जित्छौं
सप्तरी गोबिन्दप्रसाद न्यौपाने
सप्तरीमा त राजपाकै धेरै नेता एमालेमा आउनु भएको छ । उहाँहरुले पार्टी प्रवेशमा नै भन्नुभएको छ कि एमाले बाहेक तराईको आवाज अरुले उठाउन सक्दैन भनेर । हामीले मधेसका कुरामा केही बोल्नु पर्दैन जनताले बोल्छन् । निर्णय पनि जनताले दिन्छन् । हामी जनताको घरघरमा जाँदा उनीहरुले भन्ने गरेका छन्– विभेद गर्ने होइन, विभेद हटाउन विकास गर्ने पार्टी एमाले हो । हामी त भन्छौं तराईको आन्दोलनले एउटा गतिलो काम गरेको छ । त्यो हो एमाले र अन्य पार्टीमा फरक छुट्याउने काम । हिजोसम्म जनता एमाले र अन्य पार्टी छुट्याउन सक्दैनथे । तर, जनताले अहिले सजिलैसँग छुट्याउन सक्छन् । को मधेस विरोधी हो, को मधेसको हित चिताउँछ भन्ने काम हेरेरै छुट्याउन यहाँका जनता सक्षम छन् । सप्तरीमा आधा भन्दा बढी स्थानीय तह एमालेले जित्छ, यो कुरा तपाईंहरु आजै लेखिदिनुस् ।
चक्रपथबाट