शैक्षिक

जिल्ला समन्वय समिति भक्तपुरमा एमालेको को – को पर्दै छन ?



भक्तपुर १४ साउन। नेकपा एमालेले भक्तपुरले जिल्ला समन्वय समितिको नामावली प्रदेशमा सिफारिस गरेको छ । एमाले जिल्ला कमिटी भक्तपुरको सचिवालयको बैठकले समन्वय समितिको नामावली प्रदेशमा सिफारिस गरेको हो ।

स्रोतका अनुसार जिल्ला समन्वय समितिको प्रमुखमा नवराज गेलाल,उपप्रमुखमा सरिता कुँवर,महिला सदस्यहरुमा गिता देउजा,कमला पोखरेल र सकुन्तला श्रेष्ठ रहेका छन भने दलित अल्पसंख्यक महिलामा गिता बिसुंकेको नामा सिफारिस गरिएको छ । त्यसरी नै सदस्यहरु तीन जनाका लागि भने सात जनाको नामा सिफारिस गरिएको छ । सिफारिस हुनेहरुमा श्रीराम व्यान्जु,अजय तामाङ, उमेश श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, दिनेश खनाल, धनवहादुर तामाङ र रोज वहादुर तामाङ रहेका छन् ।

स्याङ्जा र नवलपरासी बाहेक ४ नम्बर प्रदेशका अन्य सबै जिल्ला समन्वय समिति जिससका प्रमुख र उपप्रमुखको नाम टुंगो लगाएको छ ।