सम्पादकीय

गुल्मीका महिला महिनावारी बार्दैनन्



गुल्मी, १५ साउन । नेपालको कयौं ठाउँ यस्ता पनि छन् जहाँ महिनावारी हुँदा छाउ गोठमा बस्दा ज्यान जान्छ । पुरानो अन्धविश्वासलाई हाल पनि नेपालका धेरै ठाउँमा महिनावारीलाई फरक तरिकाले हेर्ने प्रचलन जीवितै छ ।

सुदूरपश्तिम क्षेत्रमा मासिक रुपमा महिलाहरुमा हुने महिनावारीलाई पापकै रुपमा लिएर ‘छाउगोठ’ बस्ने चलन अझै पनि व्याप्त छ । धेरैले महिनावारीलाई प्राकृतिक बरदानका रुपमा नलिई ‘पाप’ भनेर सम्झने गरेका छन् । तर, गुल्मीका महिलाहरुले महिनावारीलाई ‘प्रकृतिले दिएको बरदान’ का रुपमा लिने गरेका छन् ।

जिल्लाका बाहुसंख्यक माहिलाहरुले महिनावारी भएको समयमा छुट्टै स्थानमा बसेको परम्परालाई तोडिसकेका छन् । सुरीषत महिनावरी राष्ट्रिय अभियानमार्फत् ६ वर्ष अघिदेखि जिल्लामा कार्यक्रमहरु हुन थालेपछि महिलाहरुले महिनावारी बार्न छोडेको सेवा सञ्चारकी अध्यक्ष गंगा खड्काले बताइन् । समाचारपत्रमा समाचार छ ।