समाचार

गुल्मीमा पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार



काठमाडौँ, २२ असार । गुल्मीको रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीबितै उद्धार गरिएको छ । 

गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीका अनुसार घर माथिबाट अचानक पहिरो जाँदा  पुरिएकी रुरुक्षेत्र -३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको हो । घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लागिएको छ ।