कपिलवस्तु । १५ साउन । छोरी जन्माएको आरोपमा कुटपिट गर्दै यहाँकी ए महिलालार्य घर निकाला गरिएको छ ।
कपिलवस्तु नगरपालिका–५ श्रीरामपुरकी २द्द वर्षीया सविना खातुनलाई पति र ससुराले कुटपिट गरेका हुन् ।‘ छोरी जन्माएको आरोप लागाउँदै निर्घात कुटपिट गरे,’ खातुनले दुःखेसो पोखिन् ।
तीन महिनाअघि छोराी जन्माएपछि यातना दिन थालेको उनले सुनाइन् । ‘बच्चा जन्मनुअघिदेखि नै छोरी जन्मीए गाह्रो हुन्छ, तत्लाई पनि दुःख हुन्छ भन्दै मानसिक तनाव दिन्थें,’ उनले भनिन्, ‘छोरी जन्मीएमा तँ सुखले बस्न पाउँदिनस् भन्थें ।’
गत बुधबार साँझ गाउँको विवाह कार्यक्रममै श्रीमान् दिलसार र ससुरा हजाहार खाँले मिलेर निर्घात कुटपिट गरेको उनका बाबु लइस पठानले बताए । लाठी, मुक्का र खुट्टाले कुटपिट गरी सख्त घाइते बनाएको उनले बताए । सविनाको दायाँ गाला सुन्निएको छ । कानमा चोट लागेको छ । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्