काठमाण्डौ,२३ असार । धेरैलाई लागेको थियो, यसपल्ट पनि कोपा अमेरिकाको फाइनलमा ब्राजिल र अर्जेन्टिनाकै भेट हुन सक्छ । तर, ब्राजिलको टिम क्वार्टर फाइनल पार गर्न असफल रह्यो । अघिल्लो संस्करणको कोपा अमेरिका फाइनलमा ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको थियो ।
उपाधि दाबेदार मानिएको ब्राजिल घर फर्किएको खेलसँगै प्रतियोगिताको क्वार्टरफाइनल खेल सकिएको छ । सेमिफाइनलको टिकट पाएको उरुग्वेले आगामी बुधबार कोलम्बियासँग खेल्ने छ । लुइस स्वारेजको टिम निकै लयमा देखिएको छ । आजै बिहान पानामालाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै कोलम्बियाले अन्तिम ४ मा स्थान बनाइसकेको छ ।उपाधि दाबेदार मानिएको ब्राजिललाई घर फर्काउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
सेमिफाइनलको अर्को खेलमा साबिक विजेता अर्जेन्टिनाले क्यानडासँग खेल्ने छ । भेनेजुएलालाई पेनाल्टी सुटआउटमार्फत घर फर्काउँदै हिजो क्यानडाले अर्जेन्टिनासँगको भेट पक्का गरेको हो । गत शुक्रबार बिहान इक्वेडरसँग निर्धारित समयमा गोलरहित बराबरीमा रोकिएको अर्जेन्टिना पेनाल्टी सुटआउटमा इमिलियानो मार्टिनेजको चुम्बकीय किपरिङका कारण क्वार्टरफाइनल पार गर्न सफल भएको थियो । अब उसले यसअघि आफैंले हराएको टिमसँग खेल्ने छ ।
जारी प्रतियोगिताको समूह चरणमा अर्जेन्टिनाले क्यानडालाई २–० ले पराजित गरेको थियो । साबिक विजेतासँग बदला लिने क्यानडाका लागि सेमिफाइनल दोस्रो मौका हुने छ । यद्यपि, अर्जेन्टिना क्यानडामाथि सहज जिते निकालेर उपाधि भिडन्त पक्का गर्ने दाउमा हुने छ ।
कोपा अमेरिका २०२४ को फाइनल २१ जुलाइमा हुने छ ।
प्रतिक्रिया दिनुहोस्