Banner News

राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण



काठमाडौँ, २२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । 

संघीय संसदको दुवै सदनको बैठक भई पारित भएको उक्त विधेयक राष्ट्रपतिले आज प्रमाणीकरण गरेका हुन् । 

विधेयक राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।