काठमाडौँ, २८ असार । अविरल वर्षाले पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । कास्की प्रहरीका अनुसार पोखरा १९ पुरनचौरमा एकै परिवारका ७ जनाको मृत्यु भएको हो ।
स्थानीय ४७ वर्षीय कुलबहादुर परियार, उनकी श्रीमती ४३ वर्षीय मनकुमारी, आमा ८५ वर्षीय लक्षिमा, छोरी १५ वर्षीय प्रश्ना, २० वर्षीय प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र तल्लाकोट बस्ने राधिका परियारको ज्यान गएको हो ।










प्रतिक्रिया दिनुहोस्