Banner News

फैसला अस्वभाविकः महासचिवले भन्नुभयो– भरतपुरका जनताले एमालेलाई न्याय दिन्छन



काठमाडौँ, १५ साउन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिकामा पुनः चुनाव गर्ने सर्वोच्च अदालतको फैसला अस्वभाविक भएको टिप्पणी गर्नुभएको छ ।

‘यसलाई मैले अस्वभाविक फैसलाको रुपमा लिएको छु’, सर्वोच्चले भरतपुर महानरपालिकामा पुनः चुनाव गर्ने फैसला आएपछि एमाले महासचिव पोखरेलले भन्नुभयो – ‘यो फैसलाले गलत नजिर बसाल्ने खतरा बढायो । सारा मानिसलाई थाहा छ भरतपुरमा मतगणनास्थल कब्जा भएको हैन, केही मत मात्र च्यातिएको हो । बाँकी भएका मत गन्दा पनि टुंगो लाग्ने अबस्थामा यो फैसला आउनु दुःखद हो ।’

सर्वोच्चको फैसला अस्वभाविक भए पनि एमालेमा पुनः चुनावमा जाने उहाँले बताउनुभयो । ‘हामी चुनावमा जान्छौँ र जनतालाई आफ्ना कुरा भन्छौँ । भरतपुरको जनताले एमालेलाई न्याय दिन्छन् ।