Banner News

कांग्रेसमा सरकारमा पठाउने मन्त्रीबारे छलफल शूरु



कांग्रेस, २९ असार । सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न कांग्रेसले बोलायो कार्यसम्पादन
नेपाली कांग्रेसले सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टी कार्यालयमा बस्ने गरी कार्यसम्पादन समितिको बैठक छ । सो बैठकमा
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा पठाउने मन्त्रीहरूका विषयमा छलफल हुनेछ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल तथा समीक्षा पनि हुनेछ । यसअघि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्मको समय दिएर संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री दाबी पेस गर्न आह्वान गरेका थिए । तर, एमाले अध्यक्ष ओलीले शुक्रबार राति नै कांग्रेस सभापति शेरबहादुर देउवालाई साथमै लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।