Banner News

निजी क्षेत्रका समस्या सुन्छौँ, आर्थिक वृद्धिमा जोड दिन्छौँ : अर्थमन्त्री



काठमाडौँ, ३१ असार । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रका सबै खाले समस्यालाई गहिरो तरिकाले अध्ययन गरेर अर्थतन्त्रमा देखिएको निराशा चिर्ने र आशा जगाउने काममा केन्द्रीत हुने बताएका छन् ।

आज पदभार ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले विकास विकास र वित्तका विषयमा केन्द्रित भएर अघि बढ्ने सोच लिएको बताए ।

उनले भने, ‘निजी क्षेत्रका समस्या सुन्नेछौँ । उत्पादन, रोजगारी र आर्थिक वृद्धिमा जोड दिइनेछ । सरकारको सोच कार्यान्वयन गर्न बजेट बाधक बन्दैन’, ।

कार्यभार सम्हाल्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्विकृत गर्ने पहिलो निर्णय गरेका हुन् ।‌ ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले ती स्रोत लिन सहज हुनेछ।

‘सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा बुझ्छौँ। कतिपय अवस्थामा जुवाघर भनेर पनि टिप्पणी हुने गरेको छ । हामीले यसलाई अर्थतन्त्रको ऐनाको रुपमै बुझेका छौँ,’ अर्थमन्त्रीले पौडेलले भने, ‘हामी अर्थतन्त्रका सबै खाले समस्यालाई गहिरो तरिकाले अध्ययन गर्छौ ।’