सम्पादकीय

शिशुको मृत्युपछि डाक्टर र नर्समाथि हातपात



वीरगन्ज, १६ साउन । अस्पतालले फर्काएको गर्भवती घरमै सुत्केरी हुने क्रममा शिशुको मृत्यु भएपछि आफन्तले नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका डाक्टर र नर्समाथि आइतबार बिहान कुटपिट गरेका छन् ।

कुटपिट बाट डाक्टर, नर्ससहित सुरक्षा गार्ड र एक प्रहरी घाईते छन् ।

घाईते हुनेमा गाईनो वार्डकी डा. चाँदनी पाण्डे स्टाफ नर्स ज्योति चौधरी, अस्पतालका सुरक्षा गार्ड अफताब देवान र नारायणी उपक्षेत्रीय अस्पताल प्रहरी बिटका प्रहरी अखिल खड्का छन् । नयाँ पत्रिकामा समाचार छ ।