सम्पादकीय

प्रेमिल जोडीले गरे आत्महत्या



काठमाडौं । नेपालको सबैभन्दा अग्लो पुल कुस्मा ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या गर्ने प्रेमिल जोडीको पहिचान खुलेको छ ।

धरान उपमहानगरपालिका ११ सुनसरीका २६ बर्षीय अकिन गुरुङ, ललितपुर उपमहानगरपालिका १४ ढिलाहिटीकी २५ बर्षीय मुना राना रहेका छन् ।

पर्वतको कुस्माबजार र ज्ञादी जोड्ने पुलबाट हामफालेर शनिबार राति यो जोडीले आतमहत्या गरेका हो ।
जोडीको शव आइतबार बिहान मोदीखोला किनारबाट प्रहरीले निकालेको हो ।

केही दिनअघि मुस्ताङ घुम्न आएका उनीहरु शनिबार दिउँसो कुश्मा आसपास घुमफिर गरेका थिए । नेपाल समाचारपत्रमा समाचार छ ।