राजनीति

कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुने



जनकपुर, ३ साउन । नेपाली कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

अर्थ मन्त्रालयसहित ४ मन्त्रालयको नेतृत्व गर्ने गरी कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुन लागेको हो । कांग्रेसबाट जनार्दन सिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुनिल कुमार यादवले अर्थ मन्त्रालय, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र कौशल किशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।