शैक्षिक

आज सिरुटारमाः सूर्यविनायक नगरपालिको मतदाता नामावली दर्ताको प्रक्रिया शूरु



भक्तपुर, १६साउन । जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा मतदाता नामावली संकलन एवं अद्यावधिक गर्ने कार्यलाई अघि बढाएको छ । आज १६ गते वडा नं १ं को सिरुटारमा मतदाता नामावलीको दर्ता प्रक्रिया शूरु भएको छ ।
जिल्ला निर्वाचन भक्तपुरको कार्यालय सिर्जनानगरबाट मतदाता नामावली संकलन एवं अद्यावधिक गर्ने कार्य साउन १ गतेबाट सुरु भए पनि अहिले नामावली दर्ता गर्नेको भीड लाग्न थालेको छ ।

यसैबीच सूर्यविनायक नगरपालिकाको मतदाता नामावली दर्ता सम्बन्धमा छलफल गर्न बसेको बैठकले नगरपालिकाका प्रत्येक वडा कार्यालयमा एक–एक दिन र छुटको विषयमा समेत मिति तोकेको छ । मेयर बासुदेव थापाको अध्यक्षतामा वडा अध्यक्ष र वडा सचिवहरुको उपस्थितिमा केही दिन अघि बसेको बैठकले नगरपालिकामा १६ गतेबाटै नामावली दर्ताको प्रक्रिया अघि बढाउने भएको छ ।
जस अनुसार १ नं वडाको सिरुटारमा १६ गते,२ वडामा १७ ,३ वडामा १८वालकोट, ४ वडा दधिकोटमा १९, ५ कटुज्जेमा २० गते, त्यसरी नै ८ वडामा २१ गते रहेको छ भने ७ वडामा गुण्डुमा २२, ६ वडामा २३,९वडा नंखेलमा २४ र १० वडामा २५ गते रहेको छ ।

त्यसरी नै छुटफुटमा २६ र २७ गते ५,६ र ७ वडाको ६को वडा कार्यालय पाण्डुबजारमा , २८ गते ९ र १० वडाको जोरपाटी माविमा, ३०,३१ र ३२ गते १,२ ३ र४ वडाको दधिकोटको वडा कार्यालयमा नामावली दर्ता गर्ने निर्णय गरिएको छ ।
आगामी प्रदेश र संघको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन एवं अद्यावधिक गर्न परिपत्र गरेपछि कार्यालयले नामावली संकलन सुरु भएको हो ।