राजनीति

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय



काठमाडौँ, ६ साउन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

प्रमुख सचेतक सन्तोष परियारका अनुसार आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । प्रतिनिधिसभामा उपसभामुखबाहेक रास्वपाका २० सांसद छन् ।

सोही निर्णयअनुसार रास्वपाले आफ्ना सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्विप समेत लगाएको छ ।