सम्पादकीय

विदेशमा मृत्यु हुनेका आफन्तलाई अब दोब्बर राहत



काठमाडौं, १७ साउन । श्रम स्वीकृति लिएर विदेसिएका कामदारको विदेश वा कारार अवधिभित्र सवदेशमै ज्यान गएको खण्डमा तिनका निकट आफन्तले अबदेखि सातलाख रुपैयाँ राहत पाउने भएका छन् ।

मन्त्रिपरिषदले वैदेशिक रोजगार नियमावली संशोधन गरेपछि पीडितका परिवारले पाउने राहत बढेको हो । मृतकका परिवारले पाउनेलगायत अन्य सुविधा बढाउन वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले लामो समयदेखि पहल गरिरहेको थियो ।

संशोधित नियमावली राजपत्रमा प्रकाशित भएसँगै कामदार र तिनका परिवारले पाउने सुविधा सोमबारदेखि नै लागु भएको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बताए । बोर्डले १७ महिनाअघि नियमावली संशोधनका लागि पहल थोलेको थियो । नागरिकमा समाचार छ ।