सम्पादकीय

मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम रोकियो



काठमाडौं, १७ साउन । लगातारको वर्षाका कारण मेलम्ची खानेपानीको पाइप बिछ्याउने कार्य रोकिएको छ ।

मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय ९पीआइडी०का अनुसार एक महिनादेखि पाइप बिछ्याउने काम रोकिएको हो । वितरण सञ्जाल सुधार ९डीएनआई०अन्तर्गतको पाइप बिछ्याउने काम अवरुद्ध भएको छ ।

सडक हिलो हुने भएकाले रोकियो

वर्षामा सडक भत्काउँदा हिलो हुने भएकाले तत्कालका लागि काम रोकिएको पिआइडीका वरिष्ठ इन्जिनियर तथा प्रवक्ता लीलाप्रसाद ढकालले बताए ।

‘वितरण सञ्जाल सुधारअन्तर्गतको पाइप पानी वितरणका लागि उपभोक्ताको घर–घरमा जडान गरिने पाइप हो । यो बिछ्याउने काम अहिले रोकिएको छ,’ उनले भने, ‘लगातार पानी परेको छ । सडक खन्दा हिलो हुन्छ । सर्वसाधारणले सास्ती भोग्नुपर्ने भएकाले काम रोकिन पुगेको हो ।’

६१० किमि पाइप बिछ्याइसकियो

पिआइडीका अनुसार वितरण सञ्जाल सुधारअन्तर्गत ६ सय ७० किमि पाइपमध्ये ६ सय १० किमि पाइप बिछ्याइसकिएको छ । ‘वितरण सञ्जालअन्तर्गत ९१ प्रतिशत काम सकिएको छ । वर्षा सकिएलगत्तै यो काम सुरु हुन्छ । मंसिरभित्र बाँकी सबै काम सकिनेछ,’ ढकालले भने ।

२ दशमलव ३ किलोमिटर सुरुङ खन्न बाँकी

मेलम्ची खानेपानीको सुरुङ खन्न अब २.३ किमि मात्रै बाँकी छ । खनिनुपर्ने २७.५८४ किमि २५.२८४ किमि सुरुङ खनिसकिएको छ । सुरुङ खन्ने काम ९१ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाका अनुसार अहिले दैनिक १६ देखि १७ मिटर सुरुङ खन्ने काम हुँदै छ । यही रफ्तारमा काम भए १५ असोजमा मेलम्चीको पानी काठमाडौं आउन मुस्किल देखिन्छ ।

‘सुरुङ खन्ने काम रोकिएको छैन । अब २.३ किमि सुरुङ खन्न बाँकी छ । अहिले दुई ठाउँबाट सुरुङ खन्ने काम हुँदै छ,’ आयोजनाका कार्यकारी निर्देशक देवकोटाले भने, ‘ग्याल्थुम–अम्बाथान सुरुङ खन्ने काम तोकिएकै समयमा सकिन्छ । ग्याल्थमु–सिन्धु सुरुङ भने ढिलो हुन्छ । त्यसो हुँदा १५ असोजमा मेलम्चीको पानी काठमाडौं आइपुग्न गाह्रो देखिन्छ।’

ठूलो पाइप बिछ्याउन अब दुई किमि मात्रै बाँकी

पिआइडीले थोक वितरण प्रणाली (बीडीएस)अन्तर्गतको पाइप बिछ्याउने काम भने रोकेको छैन । ‘क्रिटिकल’ क्षेत्रअन्तर्गत उक्त काम भइरहेको छ । नारायणगोपाल चोक, चाबहिल, चुच्चेपाटी, गौशाला क्षेत्रलाई पिआइडीले ‘क्रिटिकल’ क्षेत्र मानेको छ ।

त्यसमध्ये गौशालामा भने काम करिब–करिब सम्पन्न भइसकेको छ । ‘ठूला पाइप बिछ्याउने काम स्थगित गरिएको छैन । पानी परे पनि प्रत्येक राति छाता ओढेरै यो काम भइरहेको छ । नयाँ पत्रिकामा समाचार छ ।