समाचार

६ जना जुवाडे पक्राउ



काठमाडौँ, ८ साउन । काभ्रेमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काभ्रेको पनौती नगरपालिका-७ स्थित पनौती बसपार्क नजिक बस्ने दुर्गा बहादुर घलानको घरमा जुवातास खेलिरहेको अवस्थामा घलान समेत ६ जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ । जिल्ला

प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ५५ रुपैयाँ र १ सय ६१ पत्ती तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।