बुटवल, ९ साउन । लुम्बिनीमा नेकपा एमालेबाट मन्त्री बन्नेहरूको नाम टुङ्गो लागेको छ ।
सता गठबन्धन अनुसार एमालेले आफ्नो भागमा परेका ४ मन्त्रीको नाम टुङ्गोमा पुराएको मुख्य मन्त्री चेत नारायण आचार्यले बताए । एमालेले पुराना र २ नयाँ अनुहार पठाउने तयारी गरेको छ । आचार्यका अनुसार रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङकी सीता शर्मा चौधरी मन्त्री बन्ने भएका हुन् । ढकाल यस अघिको मन्त्रिपरिषद्मा खानेपानी तथा सहरी विकास र पन्थी आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।
१२ मन्त्रालय रहेको लुम्बिनीमा भागबन्डामा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिने सहमति छ । बाँकी २ मन्त्रालय साना दलका लागि राखिएको छ । काँग्रेसले भने अझैसम्म मन्त्रीको नाम टुङ्गोमा पुराउन सकेको छैन ।










प्रतिक्रिया दिनुहोस्